
कोलकाता, 16 फरवरी (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा एउटा भाइरल पोस्ट साझा गर्दै राज्य सरकार तथा मुख्यमन्त्री ममता ब्यानर्जीको चर्को आलोचना गरेका छन्।
शुभेन्दु अधिकारीले लेखे, भाइरल पोस्टमा युवकद्वारा व्यक्त गरिएको कुरा पूर्ण रूपमा सही हो। उनले दाबी गरे, ती युवा मात्र होइन जबकि लगभग 17 लाख युवक-युवतीहरूलाई पहिला पनि यसरी नै फारम भराएर ठगेको थियो। उनले आरोप लगाए, राज्य सरकारले बारम्बार युवाहरूलाई सरकारी योजनाहरूको नाममा लाइनमा उभ्याएर हैरान बनाइरहेको छ जबकि वर्तमान समयमा यस्ता कामहरू घरमैै बसेर अनलाइन सहजै गर्न सकिन्छ।
नेता प्रतिपक्षले भने, मानिसहरूलाई क्याम्पहरूमा बोलाएर समय र पैसा बर्बाद गर्ने ममता ब्यानर्जीको आदत नै बनिसकेको छ। उनले आरोप लगाए, राजनीतिक स्वार्थको निम्ति मानिसहरूलाई नियोजित रूपमा सताउनु अब सरकारको कार्यप्रणाली नै भइसकेको छ। बितेको दुई महिनामा बीएलओहरूको माध्यमबाट सुनियोजित ढंगमा त्रुटि गराएर मानिसहरूलाई एसआईआरको सुनवाईमा उभ्याइयो भने अब बेरोजगार युवाहरूको पालो आएको छ।
शुभेन्दु अधिकारीले यो पनि आरोप लगाए, बेरोजगार भत्ताको लागि आवेदन गर्ने युवाहरूलाई पुलिसको लट्ठी झेल्न परिरहेको छ। उनले उत्तर दिनाजपुरको चोपड़ा र मालदहको चाँचलको उदाहरण दिँदै भने, त्यहाँ बेरोजगार भत्ताको लागि आवेदन गर्दा पुलिस बल प्रयोग गरियो।
उनले भने, सरकारले कहिले “युवश्री” त कहिले “युवसाथी” जस्तो नाम फेरी-फेरी योजनाहरू पेश गर्छ, तर राज्यमा उद्योग-धन्दा तथा रोजगारका अवसरहरूको अभावमा युवाहरूको भविष्य अन्धकारमय भएको छ। उनले आरोप लगाए, प्रतिभाको कुनै मूल्य रहेन।
अन्तमा शुभेन्दु अधिकारीले भने, यदि सरकार वास्तवमै युवाहरूलाई सम्मान गर्न चाहन्छ भने उनीहरूलाई बलजफ्ती लाइनमा उभ्याएर “बेरोजगार”- को ठप्पा लगाउनको सट्टा घरमै बसेर सम्मानपूर्वक फारम भर्ने सुवाधा देओस्। यसो गर्नाले न त पुलिसलाई तैनाथ गर्नुपर्नेछ न त युवाहरूमाथि लट्ठी बज्रिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा