
मेदिनीपुर, 16 फरवरी (हि.स.)। शिवरात्रि पूजनको अवसर पारेर पूर्व मेदिनीपुर जिल्लाको पाँशकुड़ा क्षेत्रस्थित दक्षिण बड़हट न्यू तरुण संघले चार वटा गाउँका रोगीहरूको लागि निःशुल्क अक्सीजन सिलेण्डर शुरू गरेको छ। संगठनको यो 41औं वर्ष हो र यस अवसरमा पाँच दिवसीय कार्यक्रम आयोजना गरिएको छ।
गए आइतवार साँझ आयोजित उद्घाटन समारोहको अध्यक्षता बाकुलदा उच्च विद्यालयका पूर्व प्रधान शिक्षक कानाईलाल मण्डलले गरे। कार्यक्रममा घाटाल कलेजका प्राध्यापक विकास मण्डल, शिक्षक उदय कालसार, गोपीनाथ सामन्त, न्यू तरुण संघका सचिव सुजय हुतायत, अध्यक्ष ललित धाड़ा सहित अन्य गण्यमान्यहरू उपस्थित थिए।
समारोहमा क्षेत्रका तीनजना ग्रामीण चिकित्सकहरूलाई सम्मानित गरियो साथै दक्षिण बड़हट, योगीबाड़ी, गोपीमोहनपुर र गोसाईबेड़ गाउँका रोगीहरूको चिकित्सा सुविधाको लागि अक्सीजन सिलेण्डर तथा अन्य आवश्यक चिकित्सा सामग्री ग्रामीण चिकित्सकहरूलाई सुम्पिइयो।
संघका पदाधिकारीहरूले बताए, वर्षभरि गम्भीर रोगीहरूलाई अक्सीजन सिलेण्डर उपलब्ध गराइनेछ तथा सेवासित सम्बन्धित ग्रामीण चिकित्सकहरूको पारिश्रमिक पनि संगठनले नै वहन गर्नेछ। उपदेष्टा शिक्षक कार्तिक सामन्तले भने, क्षेत्रका कुनै पनि व्यक्तिले उपचारको अभावमा आफ्नो ज्यान नगुमाओस् भन्ने हाम्रो उद्देश्य हो। यस अतिरिक्त केही नेब्युलाइजर मशिनहरू पनि दान गरिएको छ। कार्यक्रममा नृत्यांगना रञ्जुश्री मान्नालाई पनि विशेष सम्मान प्रदान गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा