
गुवाहाटी, 16 फरवरी (हि.स.)। असम प्रदेश कंग्रेसका वरिष्ठ नेता भूपेन बोराले सोमवार कंग्रेस पार्टीबाट राजीनामा दिने घोषणा गर्दै संगठनभित्र भेदभाव रहेको गम्भीर आरोप लगाए। उनले भने,पार्टीमा सामान्य परिवारबाट आएका तथा हिन्दू धर्मलाई मान्ने मानिसहरूको लागि नेतृत्वको अवसर नै छैन।
राजीनामा पश्चात पहिलो पटक मीडियासित बातचित गर्दै बोराले भने, कंग्रेसमा साधारण घरका व्यक्ति तथा हिन्दू समाजसित जोड़िएका मानिसहरूले शीर्ष नेतृत्वको भूमिका निर्वाह गर्न सक्दैनन्। उनले आरोप लगाए, जुन मानिसहरूले हिन्दू धर्मलाई खुल्ला रूपमा मान्छन् वा समर्थन गर्छन्, उनीहरूको लागि कंग्रेसमा टिक्नु कठिन छ।
यस घटनाक्रममाथि राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि प्रतिक्रिया व्यक्त गरे। उनले दाबी गरे, आगामी 29 फरवरीसम्ममा प्रद्युत बरदलै पनि कंग्रेस छोड़ेर भाजपामा सामेल हुन सक्छन् साथै 27 अप्रेलमा देवव्रत सौकिया पनि भाजपामा सामेल हुने सम्भावना छ।
मुख्यमन्त्रीले भने, उनले भूपेन बोराको आवासमा गएर उनलाई औपचारिक रूपमा भाजपामा सामेल हुने निम्तो दिनेछन्। उनले यो पनि भने, भाजपामा सामेल भएपछि बोरालाई एक सुरक्षित विधानसभा क्षेत्रबाट चुनाउ जिताइनेछ। मुख्यमन्त्रीले बताए, भूपेन बोराले पहिला नै उनीसित सम्पर्क गरिसकेका छन्।
मुख्यमन्त्रीको उनको आवासमा जाने घोषणापछि भूपेन बोराले पनि उनलाई स्वागत गर्ने कुरा गरे जसबाट उनी भाजपामा शीघ्रै सामेल हुने संकेत देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा