
नयाँ दिल्ली, 16 फरवरी (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले दुई अलग-अलग लुटको मामिलामा भगौड़ा आरोपीलाई पक्राउ गरेको छ। यी आरोपीहरूको पहिचान बुराड़ी निवासी मंगलु उपनाम मंगु (35)- को रूपमा भएको छ। आरोपीलाई दुवै मामिलामा अदालतद्वारा भगौड़ा घोषित गरिएको थियो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले सोमवार बताए, वर्ष 2015 र 2024- मा सम्बन्धित अदालतहरूले मंगलुलाई भगौड़ा घोषित गरिदिएको थियो।
पुलिस मुताविक 4 जुलाई, 2011-मा आरोपीले आफ्ना दुई साथीहरूसित मिलेर बुराड़ी क्षेत्रस्थित एउटा घरमा बलजफ्ती पसेर परिवारलाई डर अनि धम्काउँदै नगद र मूल्यवान गहनाहरू लुटेर भागेको थियो। त्यसपछि 3 दिसम्बर, 2011-मा उसले अर्को घटनामा चक्कुको आड़मा मोबाइल फोन लुटेको थियो। दुवै घटनापछि उ लगातार भागिरहेको थियो।
पुलिस उपायुक्त अनुसार क्राइम ब्राञ्चले भगौड़ा उपद्रवीहरूलाई समात्नको लागि अभियान चलाइरहेको छ। यसै क्रममा पुलिसको टीमले तकनिकी निगरानी राखिरहेको थियो। यस अवधि एसआई कुलदीपलाई सूचना प्राप्त भयो, आरोपीलाई सन्त नगर बुराड़ीमा देखिएको छ। त्यसपछि पुलिसले जाल ओछ्याएर आरोपीलाई पक्राउ गऱ्यो। पुलिस रेकर्डको जाँचमा आरोपी अन्य अपराधिक मामिलाहरूमा पनि संलिप्त रहेको पुष्टि भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा