
गुवाहाटी, 16 फरवरी (हि.स.)। असममा आगामी विधानसभा चुनाउ आउन केही महिना मात्र बाँकी रहेको छ। यस अवस्थामा कंग्रेसलाई एउटा ठूलो झट्का लागेको छ। सूत्र मुताविक असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का पूर्व प्रदेश अध्यक्ष भूपेन कुमार बोराले पार्टीबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गेलाई पठाएका छन् जसको एउटा कपी लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीलाई पनि पठाएका छन्।
बोराले आफ्नो सोशल मीडिया साइट एक्सबाट 'कंग्रेस'को चिन्हलाई हटाइदिए जसबाट थाहा लाग्छ कि अब उनको पार्टीसित कुनै सरोकार छैन।
भूपेन बोराले कथित रूपमा पूर्व मन्त्री एवं सांसद रकिबुल हुसैनको आलोचना गर्दै उनीमाथि संगठनको मामिलामा दखल दिएको तथा असम कंग्रेसभित्र असहज माहोल सृजना गरेको आरोप लगाए।
बोरा जो वर्ष 2021-देखि 2024 सम्म असम प्रदेश कंग्रेस कमिटीका अध्यक्ष रहिसकेका छन्, राज्यमा पार्टीका एक जना चर्चित अनुहार रहिआएका छन्। उनले वर्ष 2006-देखि 2016-सम्म लगातार दुई पटक बिहपुरिया विधानसभा सीटको प्रतिनिधित्व गरिसकेका छन्।
यस राजीनामालाई निजी फसेलाको रूपमा मात्र नभएर राजनीतिक रूपमा संवेदनशील समयमा कंग्रेसभित्र गहिरो आन्तरिक कलहको लक्षणको रूपमा हेरिँदैछ, किनभने पश्चिम ग्वालपारा कंग्रेसका अर्को विधायक अब्दुर रशिद मण्डल आज राइजर दलमा सामेल भइरहेका छन्। अब्दुर रशिद मण्डल कथित रूपमा पार्टीबाट गएकोमा रकिबुल हुसैनलाई दोषी ठहराएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा