पहिलो दिन नै सुपरहिट युवासाथी योजना,आवेदनहरूको थुप्रो लाग्यो
पहिलो दिन नै सुपरहिट युवासाथी योजना,आवेदनहरूको थुप्रो लाग्यो


कोलकाता, 16 फरवरी (हि.स.)। राज्यम विधानसभा चुनाउपूर्व शुरू गरिएको युवासाथी योजनालाई राजनीतिक जगतमा मुख्यमन्त्रीको मास्टरस्ट्रोक मानिँदैछ। राज्यका युवाहरूमायस योजनाप्रति व्यापक उत्साह देख्न पाइएको छ जसको प्रमाण यसको पहिलो दिन नै सामु आइसकेको छ।

गए आइतवारदेखि राज्य सरकारले स्वनिर्भर बंगला शिविरको माध्यमबाट युवासाथी योजनाको नामांकन प्रक्रिया शुरू गऱ्यो। नामांकन प्रक्रिया बिहानदेखि साँझसम्म चल्यो। युवासाथी अतिरिक्त यी शिविरहरूमा लक्ष्मी भण्डार, भूमिहीन कृषि श्रमिकहरूको आर्थिक सहायता औ कृषि क्षेत्रमा बिजुली बिल माफी जस्ता योजनाहरूको लागि पनि आवेदन लिरहेको छ। तथापि पहिलो दिन सबैभन्दा अधिक आवेदन युवासाथी योजनाको लागि जमा भयो। आइतवार साँझ नवान्न सूत्रबाट प्राप्त जानकारी अनुसार शिविको पहिलो दिन चारै वटा योजनाहरूलाई मिलाएर 6 लाखभन्दा अधिक आवेदन जमा भएको छ। समा 90 प्रतिशतभन्दा अधिक आवेदन युवासाथी योजनाको लागि रहेको छ। अर्थात पहिलो दिन युवासाथीमा लगभग 5 लाख आवेदन दर्ता भयो।

युवासाथी योजना अन्तर्गत राज्य सरकारले बेरोजगार युवक-युवतीहरूलाई प्रतिमहिना 15 सय रुपियाँको आर्थिक सहायता दिनेछ। मुख्यमन्त्री ममता ब्यनर्जीले पहिला नै स्पष्ट पारेकी छन्, यो राशि अप्रेल महिनादेखि सोझै लाभार्थीहरूको खातामा जमा हुन शुरू हुनेछ। पहिलो दिनको यस भारी प्रतिक्रियाले स्पष्ट पारेको छ कि युवासाथी योजना राज्यका युवाहरूमाझ कतिसम्म लोकप्रिय भइसकेको छ। आगामी दिनमा आवेदन संख्या अझ बढ़्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande