सुम्निमा-पारुहाङ सार्वजनिक माङखिम समितिद्वारा सिटोङमा साकेला पालन
Sittong sakela


खरसाङ, 03 फरवरी (हि.स.)। सुम्निमा-पारुहाङ सार्वजनिक माङखिम समितिद्वारा खरसाङ महकुमा अन्तर्गत लोवर सिटोङ एकमा साकेला चाड पालन गरिएको छ। कार्यक्रममा सिटोङ, घलेटार, माना, मामरिङ, थाम, लाटपञ्चर, मङ्पु, सालुगढा, जलपाइगढी, नेपाल आदि स्थानबाट मानिसहरूको बाग्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता समितिको सभापति सनमान लुगुनले गरेका थिए भने प्रमुख अतिथिको रुपमा उत्तम राई उपस्थित थिए।‌ कार्यक्रमको थालनी माङ्पाहरूद्वारा माङ्खिममा पूजाअर्चना गरेर गरियो। कार्यक्रममा सिल्ली, लाक (नृत्य) प्रस्तुत गरियो भने रोहिनी राई, प्रणेश खाप्तुवा र वसन्त राईले किराँती खम्बुहरूको सिल्ली, संस्कार विधि, साँस्कृतिक पक्षमाथि सम्बोधन गरेका थिए।

कार्यक्रममा उत्तम राईलाई सम्वर्द्धना पत्र तथा सिल्ली प्रस्तुत गर्नेहरूसहित सङ्घ-संस्थानका प्रतिनिधिहरूलाई समितिको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande