एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
जुडी राई


बिनाेद राई


गान्तोक, 03 फरवरी (हि.स.)। सिक्किमका विभिन्न विपक्षी राजनीतिक दलहरू त्यागेर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) मा सामेल हुने क्रम जारी रहेको छ। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) र सिटिजन एक्सन पार्टी (सीएपी) का वरिष्ठ नेतृत्वहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग भेट गरेर एसकेएम पार्टीमा सामेल भएका छन्।

एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टहरूमा उक्त जानकारी साझा गरेका छन्। एसकेएममा सामेल हुनेहरूमा एसडीएफ नेता एवं पूर्व विधायक बिनोद राई, एसडीएफ प्रचार प्रसार शाखा महासचिव जुडी राई, एसडीएफ संस्कृति शाखा महासचिव रञ्जु लामिछाने, एसडीएफका पूर्व उम्मेदवार अनुप ठटाल, एसडीएफ पूर्व जिल्ला चेली मोर्चा सचिव पासाङ फुटी भोटिया आदि सामेल छन्।

यसरी नै सीएपीका पूर्व उम्मेदवार जिग्मी वाङ्ग्याल भोटिया, रन्जिता प्रधान र सीएपी उपाध्यक्ष चिरण खतिवडा पनि एसकेएममा सामेल भएका छन्।

मुख्यमन्त्री तामाङले सबैलाई पार्टीमा स्वागत जनाउॅंदै उनीहरूको अनुभवले सामूहिक प्रयासलाई बल मिल्ने विश्वास व्यक्त गरेका छन्। उनले एसकेएममा सामेल हुने उनीहरूको निर्णयले पार्टीको नेतृत्व, दृष्टिकोण र जनता केन्द्रित दृष्टिकोणमा विश्वास झल्काउँछ भनी बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande