
सोनादा, 03 फरवरी (हि.स.)। रङ्गबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। उक्त नवनिर्मित भवनको उद्घाटन आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहान र मुण्डाकोठी ग्राम पञ्चायतका पञ्चायत प्रधान सरस्वती सुब्बा तामाङको बाहुलीबाट गरियो।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जिलिङ अभियान्त्रिकी विभागबाट निर्मित मुण्डकोठी ग्राम पञ्चायत भवन उद्घाटन कार्यक्रममा उप प्रधान भरत सुब्बा, अभियन्ता रवि राई, पञ्चायत सदस्यहरु लगायत अन्यहरु उपस्थित रहेका थिए। यस पञ्चायत कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै डेपुटी चेयरम्यान चौहानले 2022 मा जीटीए चुनाउको समयमा पञ्चायत चुनाउ गराएर काम गर्ने वाचा गरे अनुरुप आफ्नो वाचा पूरा गरेको बताए। उनले आज पहाडका विभिन्न ग्रामीण क्षेत्रहरुको विकास हुनुका साथै ग्राम पञ्चायत कार्यालयहरु पनि निर्माण भइरहेको बताए।
उनले रङ्गबुल धोतरिया रंगमुक समष्टिभित्र पर्ने तीनवटा ग्राम पञ्चायत कार्यालयहरुको भवन निर्माण गरेर उद्घाटन गरिएको जानकारी गराए। उनले भने, यो भवन अब जनताको भयो र जनताको सम्पत्ति जनताले नै संरक्षण गर्नु पर्ने हुन्छ। चौहानले अघि भने, म जनतालाई गरेको वाचा अनुसार काम गरिरहेको छ। ग्राम पञ्चायत कार्यालयको नयाँ भवन उदघाटनसॅंगै मुण्डाकोठीको मुख्य रोडको पनि मरमत्ति कार्य शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक