डब्ल्युबीसीएस परीक्षा उत्तीर्ण सौरभ सुब्बालाई भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा सम्मान
Saurabh subba


खरसाङ, 03 फरवरी (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत सिलिम हिलको जोर चिलाउने निवासी सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए‌ ग्रेडमा उत्तीर्ण गरेकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) तीनधारे महानदी समष्टि कमिटीले सुब्बालाई बधाई दिएको छ। भागोप्रमो तीनधारे समष्टिका सभापति राजीव थापाको अगुवाईमा प्रतिनिधि टोली सौरभ सुब्बाको घरमा पुगेर उनी लगायत उनका माता पितालाई बुधाई एवं शुभकामना व्यक्त गऱ्यो।

समष्टि कमिटीको तर्फबाट सौरभ सुब्बालाई खदार्पणसहित पुष्प गुच्छा र टोपी पहिराएर‌ बधाई व्यक्त गरियो। यस टोलीमा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, उप सभापति जीवन थापा, सांगठनिक सचिव राजीव थापा, खरसाङ महकुमा समितिका सदस्य सञ्जीव लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई, ट्रेड युनियन गिताङ्गे शाखाका सचिव प्रेम विश्वकर्म लगायत अन्यहरु उपस्थित रहेका थिए।

सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए‌ ग्रेडमा उत्तीर्ण गरेर परिवार, गाउँ समाज र तीनधारे महानदी समष्टिलाई नै गौरवान्वित तुल्याएका छन्। उनलाई आगामी दिनमा महानदीमा साहित्यकार असीत राईको सालिग स्थापनाको समयमा जीटीए प्रमुखको बाहुलीबाट सम्मान जनाइने राजीव तामाङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande