
गान्तोक, 03 फरवरी (हि.स.)। पूर्वोत्तर पार्वत्य क्षेत्रका (एनईएचआर) लागि भारतीय कृषि अनुसन्धान परिषद् (आइसीएआर) सिक्किम केन्द्र, तादोङले बुधवार “खरिफअघिको फसल नियोजन एवं कृषक-वैज्ञानिक अन्तरक्रिया हितधारक कार्यगोष्ठी” आयोजन गर्नेछ, जसको उद्घाटन राज्यका राज्यपाल ओमप्रकाश माथुरले गर्नेछन्। कार्यक्रममा आईसीएआरका विभिन्न प्रविधि पनि प्रदर्शित गरिने आज पीआईबीले बताएको छ।
भ्रमणको क्रममा राज्यपाल माथुरले आईसीएआर अनुसन्धान फार्मको भ्रमण गर्नका साथै प्रदर्शनी अनि अन्तरक्रिया कार्यक्रम पनि उद्घाटन गर्नेछन्। कार्यक्रममा 100 भन्दा धेरै कृषक, उद्यमी तथा सिक्किमको विभिन्न जिल्लाका सरकारी अधिकारीहरू उपस्थित हुने आशा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल