तमिलनाडुमा मच्छर भगाउने अगरबत्तीबाट घरमा आगलागी, एउटै परिवारका तीन जनाको मृत्यु
मृतक परिवार


चेङ्गलपट्टु (तमिलनाडु), १० मार्च (हि.स.)। तमिलनाडुको चेङ्गलपट्टु जिल्लाको कूडुवांचेरीस्थित कन्नीवाक्कम क्षेत्रमा मच्छर भगाउने अगरबत्तीका कारण घरमा आगलागी हुँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ। यस घटनाले पुरै क्षेत्रमा शोकको माहोल छाएको छ।

कन्नीवाक्कम क्षेत्रमा बस्ने ३३ वर्षीय पार्थिबन र उनको परिवारले राति आरामसँग सुत्नका लागि मच्छर भगाउने अगरबत्ती बालेर सुतेका थिए। तर सोही अगरबत्तीका कारण घरमा आगलागी भई धुवाँ फैलियो। धुवाँका कारण पार्थिबन, उनकी श्रीमती जयचित्रा (२९) र अढाई वर्षीया छोरी जयश्रीको निसास्सिएर मृत्यु भएको बताइएको छ।

बिहान घरबाट धुवाँ निस्किरहेको देखेपछि छिमेकीहरूले तुरुन्त मराइमलाई नगर अग्निशमन विभाग र कूडुवांचेरी पुलिसलाई खबर गरेका थिए। दमकल टोली घटनास्थलमा पुगेर घरको ढोका फोडी आगो निभाएको थियो।

पुलिसले तीनै जनाको शव चेङ्गलपट्टु सरकारी अस्पताल पठाएको छ। कूडुवांचेरी पुलिसले घटनाबारे मुद्दा दर्ता गरी सबै पक्षबाट अनुसन्धान सुरु गरेको जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande