चुनभट्टी र नयाँ कमानमा भागोप्रमोको चुनावी सभा र बुथ स्तरीय चुनाउ कमिटी गठन
Bgpm meeting


खरसाङ, 11 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महानदी तीनधारे समष्टिमा जारी चुनावी सभा र बुथ स्तरीय चुनाउ कमिटी गठन अन्तर्गत आज चुनभट्टी र नयाँ कमान बुथमा एक कार्यक्रम आयोजन गरियो। यस क्रममा पहिलो सभा समष्टिको चुनभट्टी बुथमा भागोप्रमो केन्द्रिय सदस्य सुजितकुमार कार्कीढोलीको अध्यक्षतामा सम्पन्न भयो।

सभालाई सभासद नवराज छेत्री, पञ्चायत सदस्य पुष्पकुमारी प्रधानले सम्बोधन गरेका थिए। सभामा चुनभट्टी बुथमा 33 जनाको बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो। कमिटीमा बिनय प्रधान मुख्य संयोजक र कोषाध्यक्ष भुपेन प्रधानलाई चयन गरियो भने कमिटीमा 33 जना सदस्य रहेका छन्।

त्यसरी नै अर्को सभा घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानमा सम्पन्न भयो। उक्त सभालाई पञ्चायत सदस्य अनिल तामाङले अध्यक्षता गरेका थिए। सभालाई सभासद नवराज छेत्री, घैयाबसरी ग्राम पञ्चायत तीनका उप प्रधान केवल राई, पञ्चायत समिति सदस्य कुसाङ लामा आदिले सम्बोधन गरे।

सभामा नयाँ कमान बुथलाई लिएर बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो, जसमा राजेन तामाङ संयोजक र दिपमाला छेत्रीलाई कोषाध्यक्ष चयन गरियो। कमिटीमा सह संयोजकहरु र सल्लाहकारहरु गरी जम्मा 48 जनाको चुनाउ कमिटी गठन गरिएको छ। यी सभाहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande