खरसाङ महकुमा अस्पतालमा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न
Red cross society


खरसाङ, 11 मार्च (हि.स.)। खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएशनको आयोजनामा बुधवार नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम चलिरहेको छ। हरेक वर्ष 8 मार्चदेखि 14 मार्चसम्म विश्व ग्लुकोमा सप्ताह पालन गरिन्छ भने यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको आयोजना खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएशनले रेड क्रस सोसाइटीको सहभागितामा गरिरहेको छ। कार्यक्रम अन्तर्गत 40 वर्षदेखि माथि उमेर पुगेकाहरुका लागि फ्री ग्लुकोमा स्क्रिनिङ र सचेतना शिविर पनि आयोजना भइरहेको छ।

खरसाङ महकुमा अस्पतालकी आँखा रोग विशेषज्ञ डा अनुपमा विश्वासले मानिसहरुलाई ग्लुकोमा भन्नाले आँखाको बिमारी रहेको र यसले आँखाको नशालाई नष्ट गर्न सक्छ भन्दै यसको समयमा नै उपचार आवश्यक रहेको बताइन्। उनले सबैलाई सचेत गराउँदै भनिन्, 'ग्लूकोमा सप्ताह 8 देखि 14 मार्चसम्म विश्वव्यापी रुपमा पालन गरिन्छ। यसको समयमा नै उपचार गरेन भने आँखाको दृष्टि हराउन सक्छ। यो बिमारी विशेष गरेर 40 वर्षदेखि माथि उमेर पुगेकाहरुमा हुनसक्छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande