एसडीएफले महिला जन सुनवाईमा योजना राई सम्बन्धित साइबर-बुलिङ, यौन उत्पीडन र बलात्कारको धम्कीको विचाराधीन मुद्दा उठायो
एसडीएफले महिला जन सुनवाईमा योजना राई सम्बन्धित साइबर-बुलिङ, यौन उत्पीडन र बलात्कारको धम्कीको विचाराधीन मुद्दा उठायो


गान्तोक, 11 मार्च (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) महिला शाखाको एक प्रतिनिधिमण्डलले आज नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा राज्य महिला आयोग र राष्ट्रिय महिला आयोगद्वारा आयोजित महिला जन सुनवाईमा एसडीएफ प्रवक्ता योजना राई सम्बन्धित साइबर-बुलिङ, यौन उत्पीडन र बलात्कारको धम्कीको विचाराधीन मुद्दामा गम्भीर चिन्ता व्यक्त गर्‍यो। प्रतिनिधिमण्डलले रीमा चापागाईले पनि सोही फेसबुक पेजबाट यस्तै अनलाइन उत्पीडनको सामना गरेको कुरा प्रकाश पार्‍यो।

महिला जन सुनवाईमा एसडीएफ नेतृ कोमल चामलिङले २७ अक्टोबर, २०२५ मा सिक्किम राज्य महिला आयोग र पुलिस महानिदेशकलाई ज्ञापनपत्र बुझाइएको र त्यसपछि ६ नोभेम्बर, २०२५ मा राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाइएको जानकारी गराउॅंदै पाँच महिना बितिसक्दा पनि यो मुद्दा अझै समाधान नभएको बताइन्। उनले यस घटनाको सम्बन्धमा पुलिसको कारबाही प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यक विवरणहरू पहिले नै प्रदान गरिएको जानकारी गराइन्।

यस अतिरिक्त, कोमल चामलिङले राज्य महिला आयोगको निष्पक्षतामाथि पनि चिन्ता व्यक्त गरिन्। उनले आयोगकी एक सदस्यले २९ अक्टोबर, २०२५ मा सत्तारुढ एसकेएम पार्टीको पत्रकार सम्मेलनमा भाग लिएको उल्लेख गर्दै यसले कानूनी संस्थाको निष्पक्षतामा गम्भीर चिन्ता उठाएको बताइन्।

यसैगरी, एसडीएफ नेतृ योजना खालिङले महिला जन सुनवाई सार्वजनिक सुनवाईको सट्टा नोकरशाही बैठक जस्तो देखिएको विचार व्यक्त गर्दै यस्ता सुनवाईहरूलाई विकेन्द्रीकृत गर्नुपर्ने र तृणमूल स्तरमा सञ्चालन गर्न सुझाउ राखिन्। उनले यस मामिलामा चॉंडो न्यायको अपील गर्दै महिला विरुद्ध हुने साइबरबुलिङ र खुला बलात्कारको धम्कीलाई रोक्न असफल भएमा खतरनाक उदाहरण स्थापित हुन सक्ने चेताउनी दिइन्।

एसडीएफ प्रतिनिधिमण्डलले साइबरबुलिङ मामिलाका साथै सिक्किममा पोक्सो मामिलाहरूमा बढ्दो प्रवृत्तिको बारेमा पनि ज्ञापनपत्र बुझाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande