मुख्यमन्त्रीले आईजीडीटीयूडब्ल्यूको दीक्षान्त समारोहमा विद्यार्थीहरूसित गरिन् सम्वाद
मुख्यमन्त्रीले आईजीडीटीयूडब्ल्यूको दीक्षान्त समारोहमा विद्यार्थीहरूसित गरिन् सम्वाद


नयाँ दिल्ली, 12 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार इन्दिरा गान्धी दिल्ली महिला तकनिकी विश्वविद्यालय (आईजीडीटीयूडब्ल्यू) को 8औं दीक्षान्त समारोहमा छात्राहरूसित सम्वाद गरिन्। उनले सबै छात्राहरूलाई यस उपलब्धिमा हार्दिक बधाई दिँदै उज्जवल भविष्यको कामना गरिन्। यस अवसरमा दिल्लीका शिक्षा मन्त्री आशिष सूद पनि उपस्थित थिए।

मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरिन्, हाम्रो इतिहासमा रानी लक्ष्मीवाईको वीरता र अहिल्याबाई होल्करको दूरदर्शी नेतृत्व प्रेरणा रहिआएको छ। आज त्यही शक्तिको साथमा हाम्रा छोरीहरू शिक्षा, विज्ञान औ तकनिकको माध्यमबाट नयाँ आत्मविश्वास पूूर्वक अगाड़ि बढ़िरहेका छन्। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नारी सशक्तिकरण’ औ ‘विकसित भारत- 2047’ को भिजनबाट प्रेरित भएर दिल्ली सरकारले पनि कौशल, तकनिक, अनुसन्धान औ स्टार्टअपको अवसर बढ़ाइरहेको छ ताकि हाम्रा छोरीहरूले विकसित दिल्लीको निर्माणमा अग्रणी भूमिका निर्वाह गरुन्।

मन्त्री आशिष सूदले सोशल मीडिया एक्समा पोस्ट गर्दै भनिन्, आज प्रतिभाशाली युवा स्नातकहरूको उपलब्धिको उत्सव मनाइयो। हाम्रा युवा विशेष गरी देशका छोरीहरू भारतलाई एक मजबुत तथा गौरवशाली विकसित भारत तर्फ दोऱ्याउनका लागि तयार छन्। उनले भनिन्, युवाहरूको आत्मविश्वास, प्रतिभा औ दृढ़ संकल्पलाई देखेर गर्व महसूस भइरहेको छ जसले हाम्रो राष्ट्रको भविष्यलाई आकार दिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande