बजबजमा ग्यास सिलेण्डर विस्फोट, एकजनाको मृत्यु
बजबजमा ग्यास सिलेण्डर विस्फोट, एकजनाको मृत्यु


दक्षिण 24 परगना, 12 मार्च (हि. स.)। जिल्लाको बजबज नगरपालिका क्षेत्रमा बिहीवार बिहान ग्यासको सिलेण्डर पड़्केर एकजना मानिसको मृत्यु भयो भने अन्य दुईजना गम्भीर रूपमा घाइते भए। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।

पुलिस तथा स्थानीय सूत्र अनुसार घटना बजबज नगरपालिकाको वार्ड नम्बर- 19 स्थित एक ग्यारेजमा भएको हो। भनिन्छ, त्यहाँ ग्यास सिलेण्डरको माध्यमबाट वाहन वेल्डिंगको काम भइरहेको थियो, अचानक सिलेण्डर विस्फोट भएर तीव्र ध्वनि आयो।

यस भयानक विस्फोटको कारणले वरपरका घरहरूको झ्याल समेत हल्लियो। तीव्र आवाज सुनेर स्थानीय मानिसहरूले पहिला बम पड़्केको ठाने, तर पछि घटनास्थलमा पुगेर हेर्दा ग्यारेजको टिनको छानो उड़ेको थियो भने दुईजना मानिसहरू रगताम्मे भएका थिए। स्थानीय मानिसहरूले तुरून्तै बजबज थानालाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय मानिसहरूको सहयोगमा अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले एकजनालाई मृत घोषित गरिदिए।

यो समाचार लेखुञ्जेलसम्म मृतक अनि घाइतेहरूको पहिचान हुन सकेको थिएन। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। पुलिसले प्रारम्भिक जाँचमा बतायो, ग्यास सिलेण्डरले वाहन वेल्डिंगको काम गर्दै गर्दा यो विस्फोट भएको हो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ साथै यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि विस्फोट कुन कारणले भएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande