
सिलगढ़ी, 12 मार्च (हि.स.)। सरकारी स्कूलहरूको बुनियादी ढाँचामा सुधार, वैध फीस संरचना लागू गर्ने तथा अतिरिक्त फीस असुली बन्द गर्ने मागमा बिहीवार स्टुडेण्ट्स फेडरेशन अफ इण्डिया (एसएफआई), दार्जीलिङ जिल्ला कमिटीले सिलगढ़ीमा सब-डिभीजनल अफिसर (एसडीओ) कार्यालय तर्फ मार्च निकाल्यो।
विद्यार्थीहरूका विभिन्न समस्याहरूलाई अगाड़ि राखेर यस कार्यक्रमको आयोजना गरिएको थियो। प्रदर्शनकारीहरूले माग गरे, चिया बगान क्षेत्रका विद्यार्थीहरूको लागि विशेष सरकारी स्कलरशिप तथा स्टाइपेण्ड शुरू गरियोस्। साथै उनीहरूको शिक्षालाई सुरक्षित राख्नको लागि एक विशेष आर्थिक प्याकेजको घोषणा गरियोस्।
प्रदर्शन अवधि एसएफआई कार्यकर्ताहरूले विद्यार्थीहरूको लागि सार्वजनिक परिवहनमा विशेष छुट दिने माग पनि गरे। उनीहरूको भनाइ छ, बढ़्दो यात्रा खर्चको कारणले धेरैजना विद्यार्थीहरूलाई नियमित स्कूल जानमा समस्या भइरहेको छ।
प्रदर्शनकारीलाई एसडीओ कार्यालयमा पुगेपछि पुलिसले उनीहरूमाथि रोक लगायो। आरोप छ, कार्यालय परिसरमा प्रवेश गर्दैगर्दा पुलिसले मुख्य गेट नै बन्द गरिदियो। त्यसपछि एसएफआई कार्यकर्ताहरू एसडीओ कार्यालयको मुख्य गेट अगाड़ि बसेर धरना दिए। त्यहीँ नै केही समयसम्म विरोध प्रदर्शन जारी रह्यो। पछि स्थितिलाई शान्त गर्नको लागि संगठनका नेताहरूले पुलिस अधिकाारीहरूसित बातचित गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा