ब्रिगेड जनसभाको लागि आसनसोल तथा दुर्गापुरबाट तीन वटा विशेष ट्रेन, हजारौं समर्थकहरू कोलकाता प्रस्थान
ब्रिगेड जनसभाको लागि आसनसोल तथा दुर्गापुरबाट तीन वटा विशेष ट्रेन, हजारौं समर्थकहरू कोलकाता प्रस्थान


आसनसोल, 14 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको ब्रिगेड परिवर्तन ऱ्यालीमा सामेल हुनको लागि पश्चिम बर्दवान जिल्लाको बराक, आसनसोल, दुर्गापुरबाट तीन वटा स्पेशल ट्रेनहरूको माध्यमबाट गए शुक्रवार अबेर राती हजारौंको संख्यामा भाजपा कार्यकर्ता तथा समर्थकहरू ब्रिगेड ऱ्यालीमा सामेल हुनका लागि प्रस्थान भए। शनिवार अग्नि बीना एक्सप्रेस तथा सियालदह आसनसोल एक्सप्रेसबाट ठूलो संख्यामा भजपा कार्यकर्ता एवं समर्थकहरू ब्रिगेड ऱ्यालीको लागि प्रस्थान भए।

यसबारे जानकारी गराउँदै भाजपा जिल्लाध्यक्ष देवतनु भट्टचार्यले भने, भाजपा जिल्ला कमिटीको पक्षबाट 12 हजर मानिसहरूलाई ब्रिगेड ऱ्यालीमा पठाउनको लागि व्यवस्था गरिएको छ। तर कति मानिसहरू गइरहेका छन्, त्यसको आँकड़ा उनीसित छैन।

पश्चिम बर्दवान जिल्लाको आसनसोल स्टेशनबाट दुई वटा विशेष ट्रेन तथा दुर्गापुरबाट एउटा विशेष ट्रेनलाई संचालनमा ल्याइएको थियो। यस अतिरिक्त शनिवार बिहान अग्निबीना एक्सप्रेस तथा इन्टरसिटीबाट पनि मानिसहरू ब्रिगेड तर्फ प्रस्थान भए। साथै निजी वाहन अनि बसहरूमा पनि सवार भएर मानिसहरू ब्रिगेड गइरहेका छन्। उनले भने, वर्ष 2021-मा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सभा आयोजना भएको थियो जतिबेला यस्तै जनसमुद्र उर्लिएको थियो। त्यसबेला भाजपा चाहन्थ्यो, पश्चिम बंगालमा परिवर्तन होस्, तर यसपालि पश्चिम बंगालका जनता नै परिवर्तन चाहन्छन्।

झारखण्डबाट समर्थकहरूको आएको प्रश्नमा उनले भने, झारखण्डबाट कतिपय मानिसहरूको आएको हुनसक्छ। तथापि पश्चिम बर्दवान जिल्लाबाटै यति धेरै भाजपाका कार्यकर्ता अनि समर्थकहरू ब्रिगेड गइरहेका छन् जसले गर्दा झारखण्डबाट मानिसहरूलाई बोलाउने आवश्यकतै छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande