चार चक्के वाहन कन्टेनरसित ठोक्किँंदा एकजनाको मृत्यु, दुईजना घाइते
चार चक्के वाहन कन्टेनरसित ठोक्किँंदा एकजनाको मृत्यु, दुईजना घाइते


बजाली (असम), 14 मार्च (हि.स.)। बजाली ज़िल्लाको पाठशाला फ्लाइओभरमा एउटा चार चक्के वाहन सड़कमा खड़ा मालवाहक कन्टेनरसित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा एकजना मानिसको मृत्यु भयो भने अन्य दुईजना गम्भीर रूपमा घाइते भए।

पाठशाला पुलिसले शनिवार बतायो, यो दुर्घटना त्यसबेला भएको हो जतिबेला धुबड़ी जिल्लादेखि गुवाहाटी तर्फ गइरहेको वाहन फ्लाइओभरमा खड़ा एउटा मालवाहक कन्टेनरसित ठोक्कियो।

यस भयानक ठक्करले वाहनमा सवार मानिसहरूमध्ये एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। घटनामा अन्य दुईजना मानिसहरूलाई गम्भीर चोट लागेको छ। मृतकको पहिचान गौतम मुर्तजा चाकीको रूपमा गरिएको छ जो धुबड़ी ज़िल्लाको बिलासीपारास्थित आनन्दपुर निवासी रहेको बताइएको छ।

घटना घटेको तुरून्तपछि पाठशाला पुलिस थानाको पुलिसले दुर्घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। अधिकारीहरूले बताए, घाइतेहरूलाई उपचारको निम्ति नजिकैको एक अस्पतालमा लगियो भने शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande