कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
कविता सुब्बा


गान्तोक, 14 मार्च (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीकी पूर्व उपाध्यक्ष (प्रचार-प्रसार मामिला) डा. कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिएकी छन्। एसडीएफ अध्यक्षलाई शनिवार प्रेषित राजीनामा पत्रमा डा. सुब्बाले यस आसयको जानकारी गराएकी छन्।

उनले एसडीएफ पार्टीमा सम्बद्ध भएर काम गर्ने ठूलो अवसर प्राप्त भएको र पार्टीले आफुलाई विभिन्न भातृ सङ्‌कगठनका पदभारहरू सुम्पिएर रचनात्मक, निर्माणात्मक र सिर्जनात्मक काम गर्ने अवसर प्रदान गरेको उल्लेख गरेकी छन्। उनले लगभग दुई दशकसम्म एसडीएफ पार्टीमा आबद्ध भएर अनुभव र ज्ञान आर्जन गर्ने मौका प्रदान गरेकामा पार्टी अध्यक्ष र पार्टीप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

उनले आजको मितिबाट पार्टीसँगको सम्बद्धता टुङ्ग्याएको घोषणा गर्दै र एसडीएफ पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिइरहेको जनाएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande