असम भाजपा उम्मीदवारहरूको सूची 18 मार्चपछि सार्वजनिक हुनसक्छ: दिलीप सैकिया
असम भाजपा उम्मीदवारहरूको सूची 18 मार्चपछि सार्वजनिक हुनसक्छ: दिलीप सैकिया


गुवाहाटी, 14 मार्च (हि.स.)। असम भाजपाका प्रदेश अध्यक्ष औ सांसद दिलीप सैकियाले शनिवार बताए, भारतीय जनता पार्टी (भाजपा) -ले नयाँ दिल्लीमा पार्टीका शीर्ष नेतृत्वगणको अहम बैठकहरूपछि सम्भवतः आगामी 18 मार्चपछि आगामी असम विधानसभा चुनाउको लागि आफ्ना बहुप्रतीक्षित उम्मेद्वारहरूको सूची जारी गर्नसक्छ।

एक कार्यक्रममा भाग लिन पुगेका प्रदेश अध्यक्षले मीडियासित बातचित गर्दै संकेत दिए. उम्मेद्वारहरूको चयनलाई लिएर चर्चा ग र्नको लागि आगामी 17 मार्चको दिन नयाँ दिल्लीमा एक अहम बैठक हुने आशा छ।

दिलीप सैकियाले भने, हाम्रो दिल्लीमा बैठक छ जुन सायद आगामी 17 मार्चमा सम्पन्न हुनेछ। यसै दिन हाम्रो चुनाउ समितिको बैठक तथा संसदीय बोर्डको बैठक गरेपछि सायद 18 मार्चमा केन्द्रिय पार्टीले उ्मेद्वारहरूको सूची जारी गर्नेछ। बैठकमा भाजपाका केन्द्रिय नेतृत्व औ पार्टीका वरिष्ठ पदाधिकारीहरू सामेल हुने आशा छ जसले उम्मेद्वारहरूको अन्तिम चयनमाथि विचार-विमर्श गर्नेछन्। पर्टीको चुनाउ समितिको बैठक तथा संसदीय बोर्डको बैठकमा लिइएको निर्णय नै ती अन्तिम नामहरूलाई तय गर्नेछ ज सको घोषणा गरिनेछ।

भाजपा प्रदेश अध्यक्ष एवं सांसद दिलीप सैकियाले बताए, भाजपा नेतृत्वले आगामी राजनीतिक प्रतिस्पर्धाको तयारी अन्तर्गत परामर्श तथा आन्तरिक चर्चा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande