केआईएसका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट
केआईएसका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट


गान्तोक, 14 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज शिष्टाचार भेटका क्रममा कोडाइकनाल इन्टरनेशनल स्कूल (केआईएस) का प्रधानाध्यापक डा. ब्राडफोर्ड बर्नहार्टसॅंग भेट गरे। डा. बर्नहार्टसॅंग उनको परिवार र केआईएसका कर्मचारीहरू पनि सामेल थिए। उनी हाल पूर्व विद्यार्थीहरूको मिलन समारोहका लागि सिक्किममा छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त जानकारी साझा गरेका छन्। मुख्यमन्त्रीले कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापक डा. ब्राडफोर्ड बर्नहार्ट, उनको परिवार र विद्यालयका कर्मचारीहरूलाई भेट्न पाउॅंदा खुशी व्यक्त गरेका छन्।

उनले कोडाइकनाल इन्टरनेशनल स्कूलको अन्तरराष्ट्रिय शिक्षा र शैक्षिक उत्कृष्टताको समृद्ध विरासत रहेको जानकारी गराएका छन्। यस वर्ष संस्थाले आफ्नो उल्लेखनीय यात्राको १२५ वर्ष मनाइरहेकोमा उनले सम्पूर्ण विद्यालय समुदाय, यसका नेतृत्व, संकाय, विद्यार्थीहरू, पूर्व छात्रहरू र शुभचिन्तकहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।

उनले कोडाइकनाल इन्टरनेशनल स्कूल सिकारुहरूको पुस्तालाई प्रेरणा दिइरहोस् र विश्वव्यापी शिक्षामा उत्कृष्टताको प्रकाशस्तम्भ बनिरहोस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande