सुमन बम्जन भागोप्रमो खरसाङ महकुमा समिति सभापति पदमा चयन
Suman bomzan


खरसाङ, 14 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको तत्वावधानमा आयोजित सांगठनिक सभामा सुमन बम्जनलाई खरसाङ महकुमा समिति अध्यक्षका रुपमा चयन गरिएको छ। सुवास प्रधानले आजसम्म पार्टीको खरसाङ महकुमा समितिलाई नेतृत्व गर्दै आएका थिए भने उनलाई केन्द्रिय समितिको उपाध्यक्ष पदमा नियुक्त गरिएपछि खरसाङ महकुमा समितिको जिम्मा सोनादा निवासी एवं पञ्चायत समिति सदस्य सुमन बम्जनलाई सुम्पिएको छ।

खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामुले सुमन बम्जनलाई सभापति चयन गरिएकोमा खरसाङ महकुमा समितिका पक्षबाट शुभकामना व्यक्त गरेका छन्। उनले एक योग्य र सक्षम व्यक्तिको हातमा पार्टीको बागडोर सुम्पिएकाले संगठन अझ सुदृढ बन्ने आशा व्यक्त गरे।

सभामा बिवेक सार्की र सन्दिप सार्कीलाई युवा शक्तिको केन्द्रिय कार्यकारिणी सदस्यमा चयन गरिएको छ। खरसाङ महकुमा समितिका नयाँ चयनित पदाधिकारीहरुलाई पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, युवा शक्तिको खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ र नारी शक्तिक केन्द्रिय अध्यक्षा अनु छेत्रीको बाहुलीबाट खदार्पणसहित नियुक्ति पत्र प्रदान गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande