
खरसाङ, 14 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत बुथ नम्बर 260 गिताङ्गेमा चुनावी सभाको साथमा बुथ स्तरीय चुनाउ कमिटी गठन गरिएको छ। चुनावी सभा बीके विष्टको अध्यक्षतामा सम्पन्न भयो।
सभालाई बुथ कमिटीका सभापति पुरण छेत्री, नारी शक्ति एवं पञ्चायत सदस्या जुना छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यले सम्बोधन गरेका थिए। सभामा गिताङ्गमा बुथ स्तरीय चुनाउ कमिटी गठन गरिएको छ, जसमा मुख्य संयोजकको रूपमा सानसिप लामा लगायत सह संयोजकहरुसहित 35 जनाको कमिटी गठन गरिएको छ।
सभामा हालै निधन भएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन गिताङ्गे चियाबारी युनिटका सभापति सुमित छेत्रीका ज्येष्ठ सुपुत्रलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको समष्टि सभापति राजीव थापाले बताए।
हिन्दुस्थान समाचार / हनोक