सोनादा ट्राफिक गार्डद्वारा सडक सुरक्षाबारे जनचेतना अभियान शरु
Traffic sonada


सोनादा, 14 मार्च (हि.स.)। सोनादा ट्राफिक गार्डद्वारा सडक सुरक्षाबारे जनचेतना अभियान शरु गरिएको छ। सोनादा ट्राफिक गार्डले यस क्षेत्रमा सामाजिक जनसचेतना कार्यहरू निरन्तर गर्दै आइरहेको छ।

सोनादा ट्राफिक गार्डले स्थानीय गाउँ समाज, स्कूल, कलेजमा सडक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जनचेतनामूलक अभियान सुरु गरेको छ। यस अभियानमार्फत् सोनादा ट्राफिक पुलिस प्रभारीको अगुवाईमा सबैलाई सुरक्षित यात्रा गर्न आवश्यक नियमहरूबारे जानकारी गराइँदैछ।

यस अभियानमा विशेषगरी ट्राफिक संकेतको पालना, सवारी साधन चलाउँदा सिटबेल्ट अनि बाइक चलाउँदा हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न, गाडी चलाउँदा अथवा बाइक स्कुटी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन प्रोत्साहित गरिन्छ। पैदल यात्रीहरूले सुरक्षित रूपमा सडक पार गर्न क्रसवाक प्रयोग गर्नुपर्ने जस्ता महत्वपूर्ण सुरक्षा उपायहरूमा जोड दिइएको छ।

सोनादा ट्राफिक गार्ड प्रभारी सबीन दर्नाल अनुसार, ट्राफिक नियमहरूको पालना गरे दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिन्छ। त्यसैले सबै सवारी चालक तथा पैदल यात्रुलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ। यस अभियानअन्तर्गत समुदायमा कार्यशाला आयोजना गरिने, जनचेतनामूलक सामग्री वितरण गरिने तथा सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

सोनादा ट्राफिक गार्डले यस अभियानमा सक्रिय सहभागिता जनाउन सबैलाई आह्वान गर्दै सुरक्षित र जिम्मेवार सडक संस्कार विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande