
खरसाङ, 14 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ महकुमा समितिको तत्वावधानमा आज आयोजित सांगठनिक सभामा खरसाङ महकुमा समिति अध्यक्ष सुवास प्रधानलाई उनको संगठनप्रतिको निष्ठा एवं निःस्वार्थ कार्यको कदर गर्दै केन्द्रिय समिति उपाध्यक्ष पदमा नियुक्त गरिएको छ। खरसाङ महकुमा समितिको पक्षबाट प्रवक्ता अनुप रामुदामुले यस नियुक्तिका लागि संस्थापक अध्यक्ष अनित थापाप्रति आभार प्रकट गरे।
सुवास प्रधानले आजसम्म खरसाङ महकुमा समितिलाई दह्रिलो बनाउन निष्ठापूर्वक तथा पूर्ण लगनशीलताका साथ कार्य गर्दै उनले बताए। अबोप्रान्त केन्द्रिय समितिको गरिमामय पदमा रहेर अझ संगठनलाई सुदृढ बनाउन अहम् योगदान दिने साथै खरसाङ महकुमा समिति अझ सशक्त बन्ने उनले विश्वास व्यक्त गरे।
उसैगरी खरसाङ महकुमा समितिमा सभापतिको भार सुमन बम्जनलाई दिइएकोमा उनले महकुमा समितिको पक्षबाट शुभकामना व्यक्त गर्दै एक योग्य र सक्षम व्यक्तिको हातमा बागडोर सुम्पिएको बताए। उनले भूतपूर्व अध्यक्ष सुवास प्रधान साथै नवनियुक्त अध्यक्ष सुमन बम्जनलाई समस्त खरसाङ महकुमा समितिको पक्षबाट शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक