
गान्तोक, 14 मार्च (हि.स.)। सिक्किम बुक फेयर 2026 अन्तर्गत एमजी मार्ग, गान्तोकमा 'क्रिएटिभ राइटिङ एन्ड रिडर्स' विषयमा आज एक प्यानल छलफल आयोजना गरियो। उक्त छलफलमा लेखक प्रवीण खालिङ, प्रवीण राई जुमेली (अध्यक्ष, सिक्किम एकेडेमी) र डा. कविता लामा (प्रमुख, नेपाली विभाग, सिक्किम विश्वविद्यालय) सहभागी भएका थिए। कार्यक्रमको आयोजना जिल्ला प्रशासनिक केन्द्र, गान्तोकले बुक फेयरका साहित्यिक कार्यक्रमअन्तर्गत गरिएको थियो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्य सचिव आर. तेलाङ उपस्थित थिए। प्यानल छलफल निकै रोचक र ऊर्जावान रह्यो, जसमा वक्ताहरूले सिर्जनात्मक लेखन, पढ्ने बानी तथा लेखक र पाठकबीचको सम्बन्धबारे आफ्ना विचार साझा गरे। यस छलफललाई उपस्थित दर्शकहरूले प्रेरणादायी र विचारोत्तेजक बताएका थिए।
प्यानल छलफल बाहेक बुक फेयरमा सिक्किमका प्रमुख कविहरू अम्बर लाछीकाठी, दावा योञ्जन, प्रवीण खालिङ, विश्वदीप बास्कोटा, युमिता राई, सबिना राई, सोनाम पाल्जोर, रञ्जना कार्कीको कविता वाचन कार्यक्रम पनि आयोजना गरिएको थियो।
साथै, विद्यालय स्तरमा हिन्दी, नेपाली र अंग्रेजी भाषामा प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूलाई आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गऱ्यो।
सिक्किम बुक फेयर 2026 को आयोजना १५ नोभेम्बरसम्म जारी रहनेछ, जसअन्तर्गत विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने छन्। साँझको समयमा स्थानीय ब्यान्डद्वारा प्रस्तुत सांगीतिक कार्यक्रमले मेलाको वातावरणलाई अझ जीवन्त बनाएको थियो। यसैगरी, पुस्तक विमोचन र वार्ता पनि सम्पन्न भयो। कार्यक्रममा सहभागीहरूलाई जिल्लापाल तुसार निखरेले सम्मान जनाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल