पाचे सडक कार्पेटिङको गुणस्तरमा गुनासोपछि कारबाहीमा उत्रियो सरकार
पाचे सडक कार्पेटिङको गुणस्तरमा गुनासोपछि कारबाहीमा उत्रियो सरकार


- मन्त्री अरुण उप्रेतीले निरीक्षण गरेर दिए कडा चेताउनी

गान्तोक, 14 मार्च (हि.स.)। पूर्व सिक्किमको पाचेमा गरिएको सडक कार्पेटिङको कमजोर गुणस्तरप्रति राज्य सरकारले तत्काल चासो देखाएको छ। ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेतीले आज स्थलगत निरीक्षण गर्दै कामको वास्तविक अवस्था मूल्याङ्कन गरे।

मन्त्री उप्रेतीले विधायक पामिन लेप्चा तथा विभागीय अधिकारीहरूसँग समन्वय गरी सडकको अवलोकन गर्दै कार्पेटिङ कार्यबारे विस्तृत जानकारी लिए। निरीक्षणका क्रममा कार्पेटिङको गुणस्तर कमजोर भएको गुनासो सत्य भए त्यसलाई तत्काल सुधार गर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन्।

उनले निर्माण कार्यमा लापरवाही कुनै हालतमा सहन नहुने स्पष्ट पार्दै उत्कृष्ट गुणस्तरको कामलाई प्राथमिकता दिन आग्रह गरे। सिक्किम सरकार नागरिकलाई सुरक्षित, सुगम र व्यवस्थित सडक उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। मन्त्री उप्रेतीले कमजोर गुणस्तर र गैरजिम्मेवार कार्यलाई सरकारले कुनै हालतमा पनि स्वीकार नगर्ने समेत चेताउनी दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande