
दक्षिण दिनाजपुर, 14 मार्च (हि.स.)। जिल्लाको गंगारामपुर रेलवे स्टेशनलाई केन्द्र सरकारको अमृत भारत स्टेशन योजनामा सामेल गर्ने स्वीकृति प्राप्त भएको छ। यस योजना अन्तर्गत सम्पूर्ण स्टेशन परिसरलाई आधुनिक सुविधाहरूद्वारा लैस गरिनेछ। विधायक सत्येन्द्र नाथ रायले बताए, गंगारामपुर स्टेशनलाई यस परियोजनामा समेल गर्ने माग पछिल्लो लामो समयदेखिकै उठिरहेको थियो। यस सम्बन्धमा उनले र केन्द्रिय मन्त्री सुकान्त मजुमदराले कैयौं पटक रेल मन्त्रालयसित सम्पर्क गरेका थिए।
अब रेल मन्त्रालयबाट स्वीकृति पाएपछि भाजपा कार्यकर्ताहरूमा उत्साह देखिएको छ। विधायक अनुसार, डीआरएमसित बातचित भइसकेको छ। अब चाँड़ै नै आधुनिकीकरणको काम शुरू हुनेछ।
उल्लेखनीय छ, गंगारामपुर स्टेशनलाई दक्षिण दिनाजपुरको सबैभन्दा अधिक आय दिने स्टेशनहरूमध्ये एक मानिन्छ। स्टेशनको आधुनिकीकरणको मागलाई लिएर पछिल्लो लामो समयदेखिकै गंगारामपुर रेल उन्नयन समितिले आन्दोलन गरिरहेको थियो। समितिका सचिव अजय दासले भने, यो उनीहरूको लामो संघर्षको परिणाम हो। आशा छ, चाँड़ै नै स्टेशनको स्वरूप फेरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा