
जोरहाट (असम), 14 मार्च (हि.स.)। असम कृषि विश्वविद्यालयको नयाँ कुलपतिका रूपमा गए शुक्रवार औपचारिक रूपमा विशिष्ट कृषि वैज्ञानिक औ अनुभवी प्रशासक प्रोफेसर (डा.) दीपज्योति राजखोवाले कार्यभार सम्हाले। विश्वविद्यालयका पूर्व छात्र औ एकजना कुशल शोधकर्ताको रूपमा डा. राजखोवाको यस नियुक्तिले राज्यको कृषि तथा शैक्षणिक क्षेत्रमा विशेष उत्साह उत्पन्न गरेको छ।
शिक्षा दिने, अनुसन्धान एवं प्रशासनको क्षेत्रमा 35 वर्षभन्दा अधिकको अनुभव रहेका डा. राजखोवाले यसपूर्व मेघालयको उमियामस्थित भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर)- को उत्तर-पूर्वी पहाड़ी क्षेत्र अनुसन्धान केन्द्रको प्राकृतिक संसाधन प्रबन्धन विभागका प्रमुख औ नागाल्याण्डको आईसीएआर केन्द्रको संयुक्त निदेशकको रूपमा पनि सफल दिसकेका छन्।
प्रोफेसर (डा.) राजखोवाले जलवायु परिवर्तनको सामना गर्नको लागि चार समन्वित कृषि प्रणालीहरूको मोडल र तीन विशेष जलवायु-सहिष्णु धानको प्रकार विकास गर्नको साथै उत्तर-पूर्व क्षेत्रमा केर-सार तकनिकको प्रचार-प्रसारमा अग्रणी भूमिका निभाएका छन्। उनले 48.30 कड़ोर रुपियाँको लागतमा निर्मित जलवायु-सहिष्णु कृषिको राष्ट्रिय उपाय (एनआईसीआरए) नामक विशाल प्रोजेक्टको मुख्य समन्वयकको रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन्।
कृषि विज्ञानमा पुऱ्याएका अद्वितीय योगदानसँगसँगै अहिलेसम्ममा 196 शोध पत्र र 17 पुस्तकहरू प्रकाशित गरिसकेका छन्। यस अतिरिक्त असमका विभिन्न पत्रिका तथा दैनिक समाचार पत्रहरूमा उनको कृषिसम्बन्धि लेख प्रकशित भइसकेको छ। उनले 'इण्डियन सोसाइटी अफ एग्रोनोमी'- को स्वर्ण पदक सहित केही राष्ट्रिय स्तरको फेलोशिप प्राप्त गर्नमा सफलता हासिल गरेकाछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा