केन्द्रिय गृहमन्त्री तथा भाजयुमोका राष्ट्रिय अध्यक्ष असम दौड़ाहमा
केन्द्रिय गृहमन्त्री तथा भाजयुमोका राष्ट्रिय अध्यक्ष असम दौड़ाहमा


- गुवाहाटीको खानापारामा आइतवार आयोजित युवा सम्मेलनमा शाह र सूर्या सामेल हुने

गुवाहाटी, 14 मार्च (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह पुनः असम दौड़ाहमा आउने भएका छन्। शनिवार साँझ लगभग 8 बजे उनी गुवाहाटीमा उपस्थित हुनेछन्।

अर्कोतिर यस अवधि गुवाहाटीमा भारतीय जनता पार्टी (भाजपा)- को युवा संगठन भारतीय जनता युवा मोर्चा (भाजयुमो)- का राष्ट्रिय अध्यक्ष तेजस्वी सूर्या पनि उपस्थित हुनेछन्। भाजयुमोका राष्ट्रिय अध्यक्षले आइतवार आयोजना हुने युवा सम्मेलनमा भाग लिनेछन्। खानापारा पशु चिकित्सा महाविद्यालयको खेल मैदानमा आयोजना हुने यस युवा सम्मेलनमा केन्द्रिय गृहमन्त्री पनि सामेल हुनेछन्।

आइतवार अपरान्ह 12 बजे गुवाहाटीमा प्रस्तावित प्रागज्योतिष मेडिकल कलेजको आधारशिला केन्द्रिय गृहमन्त्रीद्वारा राखिनेछ। यस कार्यक्रममा राज्य सरकारका केही वरिष्ठ नेताहरू पनि उपस्थित रहने जानकारी प्राप्त भएको छ। चुनाउअघि अमित शाहको असम आगमनलाई लिएर व्यापक चर्चा भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande