पत्नीले लाखौं रूपियाँ तथा गहना ठगिन्
पत्नीले लाखौं रूपियाँ तथा गहना ठगिन्


जीन्द, 14 मार्च (हि.स.)। सिविल लाइस थाना पुलिसले डाक्टरको पर्सनल लोन गराएर 21 लाख रूपियाँको राशि तथा गहना हिनामिना गरेको आरोपमा 13 जना विरुद्ध ठगीको मुद्दा दर्ता गरेको छ।

सेक्टर 9 का निवासी डा. वीरेन्द्रले शनिवार पुलिसमा दिएको उजुरीमा उनकी पत्नी निशा र फिरोज उनको तेवातिया इन्टरप्राइजेजका मालिक भएको बताएका छन्। आरोपीहरूले उनलाई 2023 र 24 मा पर्सनल लोन लिन बाध्य पारेका थिए। आरोपीहरूले पैसा आफ्नै र अन्य आफन्तको खातामा ट्रान्सफर गरेका थिए। उनीहरूले लोनको किस्ता आफैं तिर्ने आश्वासन दिएका थिए। केही दिनपछि आरोपीहरूले किस्ता तिर्न अस्वीकार गरे। निशा र उनका आफन्तले घरबाट गरगहना र नगदी पनि लगे।

जब उनले विरोध गरे तब आरोपीहरूले उनलाई दाइजो मुद्दामा फसाउने धम्की दिए। उजुरीको आधारमा पुलिसले थप अनुसन्धान गर्यो् र 21 लाख रुपियाँ हिनामिना भएको पत्ता लगायो। सिविल लाइन थानाका जाँच अधिकारी विनोद कुमारले डा. वीरेन्द्रको उजुरीको आधारमा पुलिसले राजु तेवतिया, पवन, निशा, फिरोज, अभिषेक, भरत, नवनीत, आदित्य, दिपांशु, हिमांशु, अञ्जुला र मनिषा विरुद्ध भारतीय दण्ड संहिताको विभिन्न धाराहरू, जसमा ठगी पनि सामेल छ, अन्तर्गत मुद्दा दर्ता गरेको र अनुसन्धान शुरु गरेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande