पाकिस्तानी ड्रोन देखिएपछि साम्बामा व्यापक खोजी अभियान आरम्भ
पाकिस्तानी ड्रोन देखिएपछि साम्बामा व्यापक खोजी अभियान आरम्भ


जम्मू, 14 मार्च (हि.स.)। पाकिस्तानी ड्रोन अन्तर्राष्ट्रिय सीमा तरेर भारतीय क्षेत्रमा प्रवेश गरेपछि शनिवार सुरक्षा बलहरूले जम्मू-कश्मीरको साम्बा जिल्लाका केही अग्रिम गाउँहरूमा व्यापक खोजी अभियान शुरू गरेको छ।

अधिकारीले बताए, गए शुक्रवार अबेर राति रामगढ़ सेक्टरको कंद्राल, अबताल र बहादुरपुर गाउँको आकाशमा केही मिनटको लागि पाकिस्तानी ड्रोनको गतिविधि देखियो। उनले बताए, क्षेत्रलाई कड़ा निगरानीमा राखियो अनि बिहान हुनसाथ व्यापक खोजी अभियानशुरू गरियो ताकि यो सुनिश्चित गर्न सकियोस् कि सीमा पारीबाट हतियार अनि नशालु पदार्थहरूको हवाई तस्करी नहोस्।

पछिल्लो दुई दिनमा यहाँको आर एस पुरा सेक्टरका सीमावर्ती गाउँहरूमा झारिएको ड्रोनद्वारा हेरोइनको खेपलाई सुरक्षा बलहरूले जफत गरे जसको अन्तरराष्ट्रिय बजारमा अनुमानित मूल्य 20 कड़ोर रुपियाँभन्दा अधिक रहेको छ। गए शुक्रवार आरएसपुरा सेक्टरमा भएको ताजा जफतीको सम्बन्धमा दुई जना संदिग्ध नशा तस्करहरूलाई जाँचबुझको लागि हिरासतमा लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande