खड़गपुर स्टेशनमा नगदसितै व्यक्ति पक्राउ
खड़गपुर स्टेशनमा नगदसितै व्यक्ति पक्राउ


खड़गपुर, 14 मार्च (हि.स.)। खड़गपुर रेलवे स्टेशनमा रेल पुलिसले ठूलो कारबाही गर्दै एकजना व्यक्तिलाई भारी मात्रामा नगदसितै पक्राउ गरेको छ। उक्त व्यक्तिबाट 50 लाख 77 हजार रुपियाँ नगद जफत गरिएको छ जसमा अधिकांश 500 र 200 रुपियाँका नोटहरू रहेका छन्।

जानकारी अनुसार जीआरपीको टीमले गए शुक्रवार स्टेशनमा सादा कपड़ामा नियमित गस्ती गरिरहेको थियो। यसै क्रममा प्लेटफर्म संख्या दुईमा एकजना व्यक्तिलाई उद्देश्यहीन ढंगमा घुमिरहेको देखेर पुलिसलाई शंका लाग्यो। जाँचबुझ गर्दा सन्तोषजनक जवाफ व्यक्तिले दिन सकेन।

त्यसपछि पुलिसले उसित रहेको एउटा कालो रंगको ब्यागको जाँच गऱ्यो जसमा 50 लाख 77 हजार रुपियाँ नगद थियो। जाँचमा खड़गपुरदेखि हावड़ा जाने ट्रेनको एउटा टिकट पनि भेटियो।

पक्रा पर्ने व्यक्तिको पहिचान इब्राहिम मोल्लाको रूपमा भएको छ जो हुगली जिल्लाको चण्डीपु क्षेत्रको निवासी रहेको बताइएको छ। जाँचबुझमा उसले बतायो, उसले बेहरामपुरस्थित एउटा सुनको दोकानमा काम गर्छ।

यस सिलसिलामा खड़गपुरका एसआरपी मिथुन कुमार देले शनिवार आयोजित पत्रकार वार्तामा बताए, मामिलाको सबै पक्षको जाँच गरिँदैछ। जफत गरिएको नगद राशिलाई हेरेर आयकर विभागलाई पनि सूचना दिइएको छ।

पुलिसले आरोपीलाई अदालतमा पेश गऱ्यो जहाँ अदालतले अग्रिम जाँचबुझको लागि आरोपीलाई सात दिनको पुलिस हिरासतमा पठाउने निर्देश दिएको छ। जीआरपीेले सम्पूर्ण मामिलाको विस्तृत जाँंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande