मणिपुरः मादक पदार्थ सहित तीन तस्कर पक्राउ
मणिपुरः मादक पदार्थ सहित तीन तस्कर पक्राउ


इम्फाल, 14 मार्च (हि.स.)। मणिपुर पुलिसले राज्यका अलग-अलग भागहरूमा अभियान संचालन गरी मादक पदार्थसितै तस्करी गरेको आरोपमा तीनजना मानिसहरूलाई पक्राउ गरेको छ।

मणिपुर पुलिस मुख्यालयबाट आज जारी सूचना अनुसार मणिपुर पुलिसले सेकमाई पुलिस स्टेशन गेट नाका चेक पोइन्टबाट नशालु पदार्थहरूसितै एकजना मानिसलाई पक्राउ गरेको छ जसको पहिचान नागाल्याण्डको डिमापुर निवासी अब्दुल कलाम आज़ाद (32)- को रूपमा गरिएको छ। आरोपीबाट लगभग 261 ग्राम हेरोइन पाउडर, एउटा चार चक्के वाहन शेवरले क्रूज़ (एनएल-07सी-0870) जफत गरिएको छ।

यसरी नै अर्को अभियानमा मणिपुर पुलिसले गत बिहीवार इम्फाल पूर्वी जिल्लाको एण्ड्रो थाना अन्तर्गत याइरिपोक याम्बेम क्षेत्रबाट मादक पदार्थ तस्करी गरेको आरोपमा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ जसको पहिचान मो. नजिमुद्दीन (31) र मो. जाबिर (27)- को रूपमा गरिएको छ। यिनीहरूबाट लगभग 1.04 किलोग्राम ब्राउन शुगर, दुई वटा मोबाइल फोन, सिम कार्डसितै तथा एउटा दुई चक्के होण्डा डियो स्कुटर (एमएन-06-एसएक्स-5443) जफत गरिएको छ। पुलिसले दुवै मामिलामा कानूनी कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande