
कोलकाता, 14 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाता आगमनको पूर्व सन्ध्यामा सत्तासिन पार्टी तृणमूल कग्गरेसले महानगरमा बाँकी केन्द्रिय राशिको मुद्दालाई लिएर व्यापक रूपमा होर्डिंग लगाएर राजनीतिक सन्देश दिने प्रयास गऱ्यो। यी होर्डिंगहरूमा ‘गो ब्याक मोदी’- को नारा पनि प्रमुख रूपमा प्रदर्शित गरिएको छ।
शनिवार कोलकाताको ब्रिगेड मैदानमा प्रधानमन्त्रीको एक विशाल राजनीतिक सभासँंगसँगै प्रशासनिक बैठक प्रस्तावित छ। यस कार्यक्रमलाई लिएर भाजपाको पक्षबाट व्यापक तयारी गरिएको छ। विभिन्न स्थानहरूमा सभासित सम्बन्धित होर्डिंगहरू लगाइएको छ।
यसको जवाफमा तृणमूल कंग्रेसले पनि सभापूर्व राती शहर तथा वरपरका क्षेत्रहरूमा आफ्नो होर्डिंग लगायो। यी होर्डिंगहरूमा दाबी गरिएको छ, केन्द्र सरकारमाथि पश्चिम बंगालको 01 लाख 96 हजार कड़ोर रुपियाँ बाँकी छ। माँ फ्लाइओभर सहित केही प्रमुख स्थानहरूबाट यी होर्डिंगहरूलाई स्पष्ट रूपमा देखिन्छ।
तृणमूल कंग्रेसले पछिल्लो लामो समयदेखिकै आरोप लगाउँदै आइरहेको छ, केन्द्र सरकारले राजनीतिक कारणले राज्यको पैसालाई रोकेर राखेको छ। पार्टीको भनाइ छ, सीमित संसाधनहरूबीच पनि राज्य सरकारले आफ्नो योजनाहरूलाई जारी राखेको छ।
तृणमूल अनुसार वर्ष 2021- को विधानसभा चुनाउमा भारतीय जनता पार्टीको हार भएपछि ग्रामीण सड़क योजना, 100 दिने कामको कार्यक्रम, आवास योजना तथा जल जीवन मिशन जस्ता विभिन्न केन्द्रिय योजनाहरूको राशिलाई रोकेको छ। तथापि यी आरोपहरूलाई लिएर केन्द्रको मन्तव्य भिन्नै छ।
पार्टी नेतृत्वले यो पनि दाबी गरेका छन, लोकसभा चुनाउअघि राज्य सरकारले लाखौं लाभार्थीहरूलाई आवास योजना अन्तर्गत आर्थिक सहयोग दिएको थियो भने आगामी विधानसभा चुनाउपूर्व पनि लगभग 32 लाख मानिसहरूलाई पहिलो किस्ता जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा