साउथफिल्ड कलेज दार्जिलिङमा मा साहित्य महोत्सव सम्पन्न
South field


दार्जिलिङ, 15 मार्च (हि.स.)। दार्जिलिङको साउथफिल्ड महाविद्यालय, अङ्ग्रेजी विभागद्वारा आयोजत साहित्य महोत्सव कलेजको डेमियन प्रेक्षागृहमा सम्पन्न भयो। प्राचार्य डा अनुराधा राई, डा सुजता रानी राई, रेजिस्टार दार्जिलिङ हिल्स युनिभर्सिटी, साहित्यकार विन्ध्या सुब्बा, लेखक, समाज सेवक श्री विजय कुमार राई आदिको बाहुलीबाट दीप प्रज्ज्वल गरेर कार्यक्रम सुरु गरियो।

कार्यक्रममा स्वागत सम्बोधन प्राचार्य अनुराधा राईले राखिन्। कार्यक्रममा प्रा कुशल घिमिरे अनि डा विनय प्रधानद्वारा सम्पादित समालोचना सङ्ग्रह संकृति ईक्षण अनि अर्को समालोचना सङ्ग्रह “इण्डियन नेपाली लिट्रेचर्स डा भावना राई अनि डा विनय प्रधानको सम्पादकत्वमा प्रकाशित पुस्तकको प्राचार्य डा अनुराधा राई, श्रीमती विन्ध्या सुब्बा, डा सुजाता रानी राई, श्री बिजय कुमार राई आदिको बाहुलीबाट लोकार्पण गरियो।

कार्यक्रममा कविता आवृति प्रतियोगिता राखिएको थियो। प्रतियोगितामा साउथफिल्ड महाविद्यालयका अनुनिय तामाङ, पासाङ लमु तामङ, कलिस्ता प्रधान, स्वीकृति सुब्बा, शिखा क्षेत्री, शाक्षी रन्जनले अंशग्रहण गरेका थिए। बिजनबारी डिग्री कलेजबाट विद्यार्थी मनिका राई, सुरभि क्षेत्रीले भाग लिएका थिए। सेन्ट रोबट्स स्कुलबाट रसज्ञ गुरुङले भाग लिएका थिए जसमा प्रथम सुकृती सुब्बा दोस्रो शाक्षी रन्जन तेस्रो मनिका राई भए।

निर्णायकगणमा साहित्यकार राजेन्द्र पासा र नमिता राई थिए। कार्यक्रममा प्यानल डिस्कसन पनि राखिएको थियो। लिट्रेचर्स एट क्रसरोड्स: फ्रम लोकल रुट टु ग्लोबल रुट्स शिर्षकको डिस्कशनमा साहित्य सर्जक शारदा क्षेत्री, लेखनाथ क्षेत्री र छुदेन काविमोले भाग लिएका थिए, मध्यस्थता प्रा विनोद प्रधानले गरेका थिए। चलचित्र निर्देशक नवीन चौहानसँग प्रा विनोद प्रधानले नवीन चौहानको चलचित्र ऊनको स्वेटर चलचित्रलाई केन्द्रमा राखेर बातचित गरे।

कार्यक्रममा प्रा नम्रता तामङ, ज्योग्राफी विभाग, प्रा ममता कुमारी, हिन्दी विभाग, प्रा नवमता प्रधान, सामाजिक शास्त्र विभागआदिले कविता वाचन गरे। क्रियटभ राइटिङ प्रतियोगिता पनि सम्पन्न गरिएको थियो। प्रतिभागी विजेताहरूलाई प्राचार्य डा अनुराधा राईको बाहुलीबाट पारितोषिक वितरण गरियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande