
खरसाङ, 15 मार्च (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 6 मा भागोप्रमोको बुथ कमिटी गठानार्थ एक सभा सम्पन्न भयो। सभाको अध्यक्षता रतन थापा (भूतपूर्व सैनिक) ले गरेका थिए। भालाई टाउन कमिटी अध्यक्ष राजु शर्मा, नगरपालिका क्षेत्र चुनाउ प्रभारी सबिता कार्की, युवा शक्ति सभापति बन्दन लामा, केन्द्रिय समिति सदस्य तथा टाउन कोर्डिनेटर समीरदीप ब्लोन र वार्ड सभापति कृष्ण शर्मा आदिले सम्बोधन गरेका थिए। सभामा वार्ड नम्बर 6 को निम्ति 59 जनाको बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो। दोस्रो चरणको सभा वार्ड नम्बर 17 मा लोकनाथ निरौलाको अध्यक्षतामा सम्पन्न भयो। सभाको शुरूमा टाउन कमिटिका मूल सचिव बिरबल पाख्रीनले भने, संसारको सबैभन्दा सजिलो कार्य नै अरूले गरेको कार्यलाई दोष्याउनु र औल्याउनु हो। यही कार्य विपक्षीले गरिरहेको छ। खरसाङ नगरपालिकी क्षेत्र चुनाउ प्रभारी सबिता कार्कीले एसआईआरको सुनवाईको समयमा अध्यक्षको दिशानिर्देश अनुसार महकुमा कार्यालयमा हेल्प डेक्स राखेर जनताको सेवा टाउन कमिटीद्वारा गरिएको बताइन्। उनले भावनामा बग्ने होइन, तर विवेकशील भएर यसपालीको चुनाउमा भागोप्रमोको उम्मेदवारलाई भोट हाल्ने अपील गरिन्। युवा शक्ति सभापति तथा 29 नम्बर समष्टि सभापति प्रेमेन्द्र गुरूङले भने, पहाड़मा शान्ति बहाली र गणतन्त्र फर्काई ल्याउने अनित थापा हुन्। अध्यक्षले सबैको भलो गरिरहेका छन्। अध्यक्ष थापाले सर्वसाधारणको निम्ति वृहत रूपमा कार्य गरिरहेका छन्। प्रत्येक समाजले यसपालीको चुनाउमा हाम्रो खरसाङ राम्रो खरसाङ बनाउने उद्देश्य लिएर भागोप्रमोको उम्मेदवारलाई भोट हाली दिन अपील गर्दछु। भागोप्रमो केन्द्रिय समिति सदस्य तथा महकुमा चुनाउ प्रभारी समिर दिप ब्लोनले भने, पानी निरीक्षण कमिटी बनाउनु अति जरूरी छ, कारण यो अमृत 2.0 पानीको परियोजना सम्पूर्ण खरसाङबासीको निम्ति आउदो 40 वर्ष सम्मलाई सोचेंर ल्याएको हो। प्रत्येक घरमा पिउने पानीको सुविधा उपलब्ध होस् साथै कोही पनि बन्चित
नहोस भनेर यो कमिटी बनाउने दिशा निर्दैश दिइएको हो। अन्तमा वार्ड नम्बर 17 को बुथ नम्बर 206 र 207 को निम्ति 50/50 जना गरेर बुथ कमिटी गठन साथै पानी निरीक्षण कमिटि गठन गरियो।
हिन्दुस्थान समाचार / हनोक