खरसाङमा भविष्यको लागि तयार करियर कार्यक्रम सम्पन्न
खरसाङमा भविष्यको लागि तयार करियर कार्यक्रम सम्पन्न


खरसाङ, 15 मार्च (हि.स.)। भविष्यको लागि तयार करियर कार्यक्रम विषयमा खरसाङको गडविन मोडर्न स्कूलमा एक कार्यक्रम सम्पन्न भयाे। खरसाङ क्षेत्रमा रहेका एकमात्र मान्यताप्राप्त सीबीएसई बोर्ड स्कूल गडबिन मोडर्न स्कूलमा वर्तमान समयको मागलाई ध्यानमा राखेर नानीहरुलाई आधुनिक पद्धतिमा शिक्षा प्रदान गर्ने विषय अन्तर्गत भविष्यको लागि तयार करियर कार्यक्रम आयोजना गरियाे। कार्यक्रममा शिक्षिकाद्वय रश्मि विश्वकर्म र श्रेया मंगरले नयाँ आधुनिक पद्धतिमा शिक्षा प्रदान गरिने विषयमा जानकारी गराए। उनीहरूले वर्तमान समयमा नानीहरुलाई करियरको लागि आधुनिक तरिकाले शिक्षा प्रदान गर्नुकाे आवश्यकतामा जाेड दिए। उनीहरूले स्कूलमा निट, जेईई, एनडीए, होटेल म्यानेजमेन्ट लगायत विभिन्न क्षेत्रमा रोजगारका लागि आधुनिक तरिकाले शिक्षा प्रदान गर्ने गरेको जानकारी गराए। भावना दर्नालले एआई विषयमा जानकारी गराउँदै यो भविष्य रहेको र यसको शिक्षा आवश्यक रहेको बताइन्। कार्यक्रममा जीएसआईएचएमका निर्देशक रोशन शाहीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा स्कूलका प्राचार्य एवं निर्देशक अदित्य प्रधानले भारतको नयाँ शिक्षा व्यवस्था अनुसार स्कूलले पनि आधुनिक तरिकाले शिक्षा प्रदान गर्ने कार्य शुरु गरेको जानकारी गराए। उनले अबको समयमा नयाँ तरिकाले शिक्षा प्रदान गर्न आवश्यक रहेको र तक्निकी शिक्षा समयको माग रहेको बताए। उनले गडवीन मोडर्न स्कूलले परिवर्तनशील समय र वर्तमान समयलाई ध्यानमा राखेर भविष्यको लागि तयार करियर कार्यक्रम शुरु गरेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande