भूतपूर्व सैनिक परिवार 4/8 गोर्खा राइफल्स दार्जिलिङको 85 औं स्थापना दिवस पालन
Ex servicemen


सोनादा, 16 मार्च (हि.स.)। भूतपूर्व सैनिक परिवार 4/8 गोर्खा राइफल्स दार्जिलिङले आज आफ्नो 85 औं स्थापना दिवस पालन गऱ्यओ। रघुकुल भवन खोपरेल, सिलगढीमा सम्पन्न यस समारोहका मुख्य अतिथि सुबेदार मेजर कमल गुरुङ उपस्थित थिए। रूपा घलेले सञ्चालन गरेको यस कार्यक्रममा पूर्व सैनिक परिवार साथै गोर्खा राइफल्स 4/8 जीआरका सदस्यहरू लगायत उनीहरूका परिवार साथै दार्जिलिङ , खरसाङ, कालेबुङ, सिलगढी, डुवर्स तथा पहाड मधेस तराईका सम्पूर्ण अवकाशपूर्ण सैनिकहरू भेला भएका थिए।

यस अवसरमा पूर्व सैनिकहरूको मनोरञ्जनको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो भने संगठनका नयाँ सदस्यहरूलाई स्वागत जनाउँदै मायाको चिनो पनि प्रदान गरिएको थियो । पत्रकारहरूसँग बोल्दै सभापति अननेरी कप्तान राजेन्द्र राई र सचिव पूर्व नायक सुबेदार ज्ञानबहादुर तामाङले संगठनको उद्धेश्यमाथि प्रकाश पार्दै सम्पूर्ण अवकाशप्राप्त सहकर्मीहरूलाई संगठनसँग जोडिन आह्वान गरे।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande