स्वनिर्भर बन्न आफ्नै हातले बनाएका वस्तुहरुलाई लिएर चार दिवसीय प्रदर्शनी शुरु
Self help group


खरसाङ, 16 मार्च (हि.स.)। खरसाङको हामी उद्यमी समूहद्वारा गोर्खा जनपुस्तकालय खरसाङमा पाँच दिवसीय प्रदर्शनी शुरु गरिएको छ। उक्त प्रदर्शनीको 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाद्वारा रिबन काटेर उद्घाटन गरियो।

यस प्रदर्शनीमा स्थानीय उद्यमीहरूले स्वयंद्वारा तयारी गरिएका विभिन्न प्रकारका उपयोगी सर समानहरु प्रदर्शन हेतु राखिएका छन्। उद्यमी समूहमा 40 जनाभन्दा अधिक सदस्यहरु रहेको जानकारी प्राप्त भएको छ। यस प्रकारका प्रदर्शनी लगाउनुकाे उद्देश्य युवा पीढीलाई जागरूक गराउनु साथै स्वनिर्भर बनाउन रहेको बताइएको छ।

आयोजक समितिका सदस्य प्रितम लामा अनि अमीर भुसालले बताए अनुसार, आफ्नै ठाउँमा केही गर्न सकौँ भन्ने उद्देश्यका साथमा स्वनिर्भर हुनलाई आफ्नै हातले बनाएर स्थानीय उत्पादनहरु प्रदर्शनी राखिएको हो। बेरोजगार युवाहरुलाई प्रोत्साहन दिन र सहयोग गरिदिन उनीहरूले आह्वान् पनि गरेका छन्।

सभासद श्याम शेर्पाले स्थानीय युवाहरुको समूह उद्यमी ग्रुपले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेकाले प्रोत्साहन दिन आफु यहाँ उपस्थित भएको बताए। उनले युवाहरुलाई प्रोत्साहन दिन र उनीहरूका आय स्रोत बढाउन प्रदर्शनमा राखिएको वस्तुहरू किनिदिन निवेदन पनि गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande