
खरसाङ, 16 मार्च (हि.स.)। आँधी हुरीले रुख ढलेर रङ्टङ्गमा एक घरलाई क्षतिग्रस्त बनाएको छ। सोमवार साँझ आएको आँधी हुरीले तीनधारे महानदी समष्टिको रङ्टङ्गमा रुख ढलेपछि उक्त घरलाई क्षतिग्रस्त बनाएको हाे। घैयाबारी ग्राम पञ्चायत दुईको रङ्टङ्ग निवासी संजोग देवानको घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ। साथै, आँधी हुरीले रुखहरू ढलेकाले राष्ट्रिय राजमार्ग 110 केही समयका लागि अवरुद्ध बनेको थियो। सोमवार साँझ आएको आँधी हुरीले रङ्टङ्ग क्षेत्रमा निक्कै क्षति गरेको घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापाले बताएका छन्।
--------------
हिन्दुस्थान समाचार / हनोक