
गान्तोक, 16 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले अखिल सिक्किम सरकारी कर्मचारी संघ (एएसजीईए) समूह सी र डी नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले एएसजीईएका नवनिर्वाचित अध्यक्ष सोमनाथ अधिकारी र उनको सम्पूर्ण टिमलाई संघको निर्वाचनमा भएको ठूलो विजयको लागि हार्दिक बधाई दिए। उनले यो उपलब्धिले संघका सदस्यहरूले उनको नेतृत्वमा राखेको विश्वास र भरोसालाई प्रतिबिम्बित गर्दछ भनी आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उल्लेख गरेका छन्। मुख्यमन्त्री तामाङले नवनिर्वाचित अध्यक्षको सक्षम मार्गदर्शनमा टिमले कर्मचारीहरूको हित र कल्याणतर्फ समर्पण, एकता र जिम्मेवारीको भावनासहित काम गर्ने विश्वास व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल