सोमबारियामा वाहन दुर्घटनामा परेर चालकको मृत्यु
accident


गान्तोक, 16 मार्च (हि.स.)। सोरेङ जिल्लाको सोमबारियामा आइतवार भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। वाहनमा दुई अन्य व्यक्ति पनि थिए भने दुवैजना सुरक्षित छन्।

सोमबारिया पुलिस रिपोर्टका अनुसार, ​आइतवार सॉंझ एउटा युटिलिटी वाहन सोरेङ जिल्लाको सोमबारियास्थित एस टर्निङबाट लगभग 25 फुट तल झऱ्यो। वाहन निर्मल सुब्बाले चलाइरहेका थिए। वाहनमा उनीलगायत अन्य दुईजना पनि थिए।

यस दुर्घटनामा सुब्बाको टाउकोमा चोट लाग्यो र उनलाई तत्काल सोमबारिया प्राथमिक स्वास्थ्य केन्द्र लगियो। तर, अस्पतालका चिकित्या अधिकारीले उनलाई मृत घोषित गरे। 47 वर्षीय मृतक सोमबारिया निवासी थिए। वाहनमा सवार दुई अन्य यात्रीलाई कुनै प्रकारको चोटपटक लागेन।

पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच गरिरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande