
गान्तोक, 16 मार्च (हि.स.)। सिक्किम राज्य महिला आयोग (एसएससीडब्ल्यू) का पदाधिकारीहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको सरकारी निवासमा भेट गरे। एसएससीडब्ल्यू टोलीलाई आयोगकी अध्यक्ष टेनीडोमा भोटियाले अगुवाई गरेकी थिइन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत दिएका छन्।
मुख्यमन्त्रीले अन्तरक्रियाको क्रममा सिक्किममा महिलाहरूको कल्याण, सशक्तिकरण र भलाइलाई सुदृढ़ पार्ने उद्देश्यले गरिएका पहलहरूमा छलफल भएको बताएका छन्। उनले समाजमा महिलाहरूको अधिकारको रक्षा र आवाज उठाउन आयोगको निरन्तर समर्पण र प्रयासहरूको सराहना गरेका छन्।
मुख्यमन्त्रीले एसएससीडब्ल्यूका प्रयासहरूमा निरन्तर सफलताको कामना गर्दै राज्यका सबै महिलाहरूका लागि थप समावेशी, सहयोगी र सशक्त माहोल निर्माण गर्न सामूहिक प्रयासहरूको अपेक्षा गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल