
इम्फाल, 17 मार्च (हि.स.)। मणिपुरमा ट्रकमा आगो लगाएको घटनाको मुख्य आरोपीलाई पुलिसले पक्राउ गरेको छ। यसको साथै राज्यका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाएको छ। वाहनहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नको लागि ठाउँ-ठाउँमा नाका तथा चेक पोइन्ट राखेर लगातार खोजी अभियान संचालन गरिरहेको छ।
मणिपुर पुलिसद्वारा मंगलवार बिहान जारी आधिकारिक जानकारी अनुसार गत 2 मार्चको दिन सेनापति ज़िल्लाकोकबिनम गाउँमा राष्ट्रिय राजमार्ग-2 मा एउटा ट्रकमा आगो लगाइएको थियो। यस ममिलाको जाँच गरेपछि पुलिसले मुख्य आरोपी रामयो वाशुम (51)-लाई सेनापति जिल्लाको काथिको कारोंग क्षेत्रबाट पक्राउ गरेको छ।
पुलिसले बतायो, आरोपीबाट अपराधमा उपयोग गरिएको दुई वटा मोबाइल फोन र एउटा जिप्सी वाहन (एमएन-08ए-0099)-लाई जफत गरिएको छ। यस घटनामा सामेल अन्य आरोपीहरूको खोजी जारी छ। उनीहरूलाई पनि चाँड़ै नै पक्राउ गरिनेछ।
अर्कोतिर राज्यमा सुरक्षा बलहरूले सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा आफ्नो उपस्थिति बढ़ाएका छन्। लगातार खोजी अभियान संचालन गरी स्थितिलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा