
गान्तोक, 17 मार्च (हि.स.)। सिक्किम फिल्म बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया र सूचना एवं जन सम्पर्क विभागका अध्यक्ष आसित राई र सचिव अन्नपूर्ण आलले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो। प्रतिनिधिमण्डलले राज्यपाललाई सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026 मा मुख्य अतिथिको रूपमा आमन्त्रित गऱ्यो।
यो महोत्सव सूचना एवं प्रसारण मन्त्रालय, भारत सरकार र राष्ट्रिय फिल्म विकास निगमको सहयोगमा आयोजना भइरहेको लोकभवनले आज प्रेस बयानमा बताएको छ।
महोत्सवको उद्घाटन कार्यक्रम आगामी 19 मार्चका दिन राजधानीको मनन केन्द्रमा सम्पन्न गरिने छ। सोही दिन सॉंझ वेस्ट पोइन्ट मलमा रेड कार्पेट गाला आयोजना गरिने छ, जसमा सुप्रसिद्ध फिल्मकार सत्यजित रायको फिल्म 'सिक्किम' प्रदर्शन गरिने छ।
राज्यपाल माथुरले कार्यक्रमको सफलताको कामना गर्दै सिक्किमको विविध संस्कृतिमा आधारित चलचित्रहरू निर्माण गर्ने प्रयास पनि गरिनुपर्ने बताए, ताकि युवा पुस्ता यसका जरासँग जोडिरहुन्।
हिन्दुस्थान समाचार / बिशाल