सिक्किमको फिल्म ‘शेप अफ मोमो’ ले रुसमा दुईवटा पुरस्कार जित्यो
सिक्किमको फिल्म ‘शेप अफ मोमो’ ले रुसमा दुईवटा पुरस्कार जित्यो


गान्तोक, 17 मार्च (हि.स.)। सिक्किमको फिल्म ‘शेप अफ मोमो’ ले रुसको खान्टी-मानसिस्कमा भएको ‘स्पिरिट अफ फायर इन्टरनेशनल फिल्म फेस्टिभल’ मा दुई प्रमुख पुरस्कार जित्न सफल बनेको छ, जहाँ फिल्मले अन्तरराष्ट्रिय डेब्यू प्रतियोगितामा भाग लिएको थियो। सिक्किमी फिल्म निर्माता त्रिवेणी राईद्वारा निर्देशित यस नेपाली भाषाको फिल्मले विश्वभरका दर्शकहरूलाई सिक्किम र यसका संस्कृतिमा आधारित कथासँग निरन्तर परिचय गराउँदै आएको छ।

‘शेप अफ मोमो’ ले फिल्म महोत्सवमा 16 मार्च, 2026 का दिन सर्वश्रेष्ठ अन्तरराष्ट्रिय डेब्यू फिल्मको लागि ‘सिल्भर ताइगा अवार्ड’ प्राप्त गरेको छ। यसका साथै परम्परागत र सांस्कृतिक मूल्यमान्यताहरूको संरक्षण गरेकोमा यस फिल्मलाई रोसकङ्ग्रेस फाउन्डेसनद्वारा ‘सोल अफ रूस- विश्व सिनेमा विशेष पुरस्कार’ ले पनि सम्मानित गरियो।

मञ्चमा पुरस्कार ग्रहण गर्दै निर्देशक त्रिवेणी राईले यो सम्मान सिक्किमलाई समर्पित गरिन्। उनले सिक्किममा आगामी 19 मार्चदेखि अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरू भइरहेको पनि जानकारी गराइन्। त्रिवेणी राईसँगै उनकी आमा गीता राई पनि फिल्म महोत्सवमा उपस्थित थिइन्, जो ‘शेप अफ मोमो’ का निर्माता पनि हुन्।

निर्देशक राईले आफ्नी आमाको उपस्थितिमा आफुले पुरस्कार ग्रहण गरिरहेकोमा हर्ष व्यक्ति गरिन्। उनले सम्मानको लागि आभार प्रकट गर्दै आफुले औधी रुचाएका निर्देशकहरू मध्ये एक अमीर कुस्तुरिकालाई भेट्न पाएकोमा खुशी व्यक्त गरिन्।

प्रोग्रामर पिटर शेपोटिनिकले सान सेबास्टियन अन्तरराष्ट्रिय फिल्म महोत्सवमा युरोपेली प्रिमियरमा ‘शेप अफ मोमो’ देखेपछि महोत्सवको निमन्त्रणा आएको बताइएको छ। ‘शेप अफ मोमो’ फिल्म अब एम्स्टर्डमको सिनेमा एसिया फिल्म फेस्टिभलमा जानेछ, जहाँ अप्रेलमा यसको डच प्रिमियर हुनेछ।

यसैबीच, त्रिवेणी राईले ‘शेप अफ मोमो’ को भव्य गान्तोक प्रिमियरका साथ अखिल भारतीय रिलिजको तयारीको तयारी पनि गरिरहेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande