राज्यस्तरीय 135औँ बीआर अम्बेडकर जन्मजयन्ती उत्सवलाई लिएर बैठक सम्पन्न
राज्यस्तरीय 135औँ बीआर अम्बेडकर जन्मजयन्ती उत्सवलाई लिएर बैठक सम्पन्न


गान्तोक, 17 मार्च (हि.स.)। राज्यस्तरीय 135औँ बीआर अम्बेडकर जन्मजयन्ती उत्सवमाथि छलफल गर्न मङ्गलवार राजधानी गान्तोकस्थित टाशीलिङ सचिवालयको सम्मेलन हलमा एक बैठक आयोजना गरिएको छ। मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा बैठक आयोजन गरिएको थियो।

मुख्य सचिव तेलाङले कार्यक्रमको सफल सञ्चालन सुनिश्चित गर्न सबै सम्बन्धित विभागबीच प्रभावकारी समन्वयको आवश्यकतामा जोड़ दिए। विभिन्न विभागका प्रमुखले पनि आफ्ना सुझाउ र सिफारिशहरू प्रस्तुत गरे।

समाज कल्याण विभागद्वारा तयार पारिएको कार्यक्रममाथि विस्तृत रूपमा छलफल गरियो।

सिक्किम अनुसूचित जाति कल्याण बोर्डका अध्यक्ष शेखर सेवाले पुलिस अधिकारीलगायत सम्बन्धित अधिकारीहरूलाई उनीहरूको निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गरे। उनले कार्यक्रम शैक्षिक उत्कृष्टता मात्र नभएर सामाजिक क्षेत्रमा पनि योगदानलाई मान्यता दिएर सन्तुलित दृष्टिकोण कायम राख्न तयार गरिएको बताए।

सेवाले सामाजिक कार्य, नेतृत्व र शिक्षाजस्ता विविध क्षेत्रका व्यक्तित्वहरूलाई पहिचान गरी सम्मान गरिने, जसमा केही योग्य उम्मेदवार छनोट गरिने विषयमा पनि जोड़ दिए। उनले यस वर्ष लगभग पाँचजना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी पहिचान गरिएको र उनीहरूलाई कार्यक्रममा समावेश गर्ने बारे पनि विचार भइरहेको जानकारी दिए।

बैठकमा विभागीय प्रमुखहरूलगायत विभिन्न लाइन विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande